विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड | Khabarhub Khabarhub

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ

अहिले संसद भवन नयाँ बानेश्वरमा प्रचण्डले विपक्षी दलहरूलाई बोलाएर छलफल  गरिरहेका छन्। 

प्रचण्डले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूलाई बैठकमा बोलाएका हुन्। 

सरकारलाई समर्थन गरिरहेको उपेन्द्र यादवको जसपा नेपालले भने सरकारलाई आफूहरूले समर्थन मात्र गरेका कारण विपक्षी दलहरूको बैठकमा सहभागिता जनाउँदै आएको छ।

हिजो बालुवाटारमा नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच टीआरसी टुङ्गोमा पुर्‍याउन सर्च कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। 

यसै विषयमा कुराकानी गर्न र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल  गर्नका लागि बैठक बोलाइएको बुझिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : १३ बजे

कमेडीमा ‘भिखारी’ चरित्र फापेका कैलाश : एकल आमाको हाँसो फर्काउँदा दंग

काठमाडौं – एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने

काठमाडौं– नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

काठमाडौं– सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन