आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको कार्तिक १ गते बसेको सञ्चालन समितिको बैठकले ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव गरेको कम्पनी सचिव ध्रुव कुमार पौडेलले जानकारी दिएका छन् । 

पौडेलका अनुसार लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ । 

लघुवित्तले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी साधारणसभाले पास गरेपछि शेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’