चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह « Khabarhub

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए। रगत अभावका कारण नियमित शल्यक्रियामा  समेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ५० बजे

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद

अमेरिकी हेलिकप्टरले होर्मुजमा कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको दाबी

एजेन्सी– स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो

भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु

नयाँदिल्ली– भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५