विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ « Khabarhub

विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा पूर्वगृहमन्त्री रवि लामिछानेबारे पनि चर्चा भएको छ । 

बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना  दिएका थिए । 

प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे । 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि सभापति रविले आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गरे । 

बैठकमा सहभागी ती नेताले भने, ‘रवि जीलाई बचाउने उनीलाई पक्रन लाग्दा सबै विपक्षी दल एक हुने भनेर सहमति भएको छैन । राष्ट्रिय मुद्दामा एक हुने हो । दोषी बचाउन हैन ।’ ती नेताका अनुसार रविलाई प्रहरीले पक्रन खोजे सबै दल एक भएर प्रतिवाद गर्ने सहमति भएको छैन । 

तर, यता रास्वपा उपसभापति डीपी अर्यालले भने सभापतिलाई सरकारले धरपकड गर्न खोजे विपक्षीले प्रतिवाद गर्ने सहमति भएको दाबी गरे । 

हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यसबारे सामान्य छलफल भएको थियो । त्यहाँ पनि रवि दोषी भए उन्मुक्ति पाउन नहुने नेताहरूको धारणा थियो । 

तर, सहकारी प्रकरणमा दोषी देखिएका  सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।

यस्तै बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र आम जनता पार्टीको सहभागिता रहेको थियो ।

लोसपा अध्यक्ष महन्त ठाकुरले सत्ता पक्षी भए पनि सरकारको कामबारे सन्तुष्ट नभएर आफू बैठकमा सहभागी भएको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : १७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो