विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ « Khabarhub

विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा पूर्वगृहमन्त्री रवि लामिछानेबारे पनि चर्चा भएको छ । 

बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना  दिएका थिए । 

प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे । 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि सभापति रविले आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गरे । 

बैठकमा सहभागी ती नेताले भने, ‘रवि जीलाई बचाउने उनीलाई पक्रन लाग्दा सबै विपक्षी दल एक हुने भनेर सहमति भएको छैन । राष्ट्रिय मुद्दामा एक हुने हो । दोषी बचाउन हैन ।’ ती नेताका अनुसार रविलाई प्रहरीले पक्रन खोजे सबै दल एक भएर प्रतिवाद गर्ने सहमति भएको छैन । 

तर, यता रास्वपा उपसभापति डीपी अर्यालले भने सभापतिलाई सरकारले धरपकड गर्न खोजे विपक्षीले प्रतिवाद गर्ने सहमति भएको दाबी गरे । 

हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यसबारे सामान्य छलफल भएको थियो । त्यहाँ पनि रवि दोषी भए उन्मुक्ति पाउन नहुने नेताहरूको धारणा थियो । 

तर, सहकारी प्रकरणमा दोषी देखिएका  सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।

यस्तै बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र आम जनता पार्टीको सहभागिता रहेको थियो ।

लोसपा अध्यक्ष महन्त ठाकुरले सत्ता पक्षी भए पनि सरकारको कामबारे सन्तुष्ट नभएर आफू बैठकमा सहभागी भएको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : १७ बजे

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले