ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय « Khabarhub

ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउन खोजेको भन्दै विपक्षी दलले त्यसको प्रतिकार गर्ने जनाएको छ । 

ओलीले साना दललाई फुटाएर आफू शक्तिशाली बन्न अध्यादेश ल्याउन लागेको हल्ला सुनेपछि विपक्षीले यसको सामूहिक प्रतिकार गर्ने  निर्णय गरेका हुन । 

बैठकमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विपक्षी दलहरूले साना दलहरू फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेको बताए । तर, यो अवस्था आएमा सबै विपक्षी दल एक ठाउँमा उभिने निर्णय भएको अध्यक्ष लिङ्देनले खबरहबलाई सुनाए । 

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि साना दल फुटाउने हल्लाबारे बोलेका थिए । उनीहरूले पनि यसमा विपक्षी दललाई साथ दिने बताए । 

यता प्रधानमन्त्री ओलीले दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने हल्ला सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई साना दल फुटाउन लागेको कदमबारे आफूले साथ नदिने बताइसकेको बैठकमा चर्चा भएको थियो । 

‘देउवाले पनि साथ नदिने भन्नु भएको छ । यो त मनपरी भयो नि ।’ माओवादीका अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘हामी सबै यसबारे चनाखो हुनुपर्छ ।’

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ४५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल