रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’  « Khabarhub

रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्ने हल्ला सुनेपछि नेताहरू पार्टी कार्यालय वनस्थलीमा जम्मा भइरहेका छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चा  चलेपछि पार्टी कार्यालयमा नेताहरू जम्मा भइरहेको रास्वपाका नेताहरूको तर्क छ । तर अहिलेसम्म पक्राउबारे आधिकारिक सूचना नआएको रास्वपा नेताहरूको भनाइ छ ।

रास्वपा नेताले भने, ‘सत्ता साझेदार दल हाम्रो सभापति पक्रन एक मुख छन् । तर साइत हेरेर बसेका होलान् । दोषी भए हामी सजाय भोग्न तयार छौँ । तर आक्रमण ठिक भएन ।’

आज बिहान लामिछाने विपक्षी दलको बैठक सकेर बानेश्वरबाट उपसभापति डिपी अर्यालको गाडी प्रयोग गरेर वनस्थली पुगेका छन् ।

विपक्षी दलको बैठकमा पनि उनको पक्राउबारे छलफल भएको थियो । तर दलहरूले दोषी भए सजाय भोग्नुपर्ने बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलको बैठकमा उपस्थित हुँदा पनि रास्वपाबाट ६ जना नेताहरू थिए । त्यहाँ पनि प्रचण्डले रवि पक्राउ पर्नेबारे सूचना दिएका थिए ।

यता सक्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले लगायत दलहरूले रविलाई पक्राउ गर्ने बारेमा सहमति जुटाइसकेको बताइएको छ  ।

रास्वपाका अर्को नेताले भने, ‘आज नै पक्रने हल्ला थियो । तर अहिलेसम्म केही भएको छैन । आज भोली र पर्सिमा केही गर्न खोज्लान् तर परिस्थित सामान्य नबन्ने डरले अहिलेसम्म हात हालेका छैनन् ।’

विपक्षी दलको बैठकपछि रास्वपा दलका उपनेता विराजभत्त श्रेष्ठले पनि विधि संगत अनुसन्धानका लागि आफूहरू तयार भएको प्रतिक्रिया दिएका थिए ।

राजनीतिक प्रतिशोधका आधारमा कुनै पनि व्यक्ति फस्न नहुने उनको तर्क थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : ४४ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६