डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान  « Khabarhub

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दशैं तिहारले गर्दा पहिलाको तुलनामा सङ्कलन र माग कम भएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । प्लेटलेटको माग दिनानुदिन बढ्दै गए पनि दशैं, तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताए ।

पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको जानकारी दिए ।

अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत सङ्कलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

‘अहिले दैनिक रूपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रूपमा बढेको छ,’ उनले भने ।

उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए । उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : १० बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान