‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक « Khabarhub

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ ।

छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध,  इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रविण खालिङको निवन्ध सङ्ग्रह चियागफ, मन्जुला तामङ सुव्वाको कविता सङ्ग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन् । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

यिनै १० कृति मध्ये एक कृतिलाई ताम्र पत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कार राशी नगद राशी २ लाख रुपैयाँको रहेको छ ।

पुस्तकालयले दुई बर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

यसै गरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवकालागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ । महोत्सवकालागि प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको हो ।

पुस्तकालयले सार्वजनिक गरेको कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्ग्यानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

रुपैयाँ, दोस्रोलाई १८ हजार रुपैयाँ र तेस्रोलाई १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : २२ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका