राजनीति

म्याद थप गर्न छविलाल जोशी कास्की अदालतमा  

By खबरहब

October 18, 2024

काठमाडौं– सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ ।

उनलाई शुक्रबार म्याद थप गर्नका लागि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई म्याद थप गरेर थप अनुसन्धान गर्नका लागि अदालत उपस्थित गराइएको हो ।

कति दिनको म्याद थप हुने भन्नेबारे अहिले कुनै जानकारी नभएको प्रहरीको भनाइ छ ।

जोशी असोज ६ गते पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन आएपछि पक्राउ परेका थिए ।