वीरगञ्जबाट धान चामल आयात बढ्यो « Khabarhub

वीरगञ्जबाट धान चामल आयात बढ्यो


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । 

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ४१ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ