स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा | Khabarhub Khabarhub

स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल शुरु गरेका छन् ।

उनले आज पुल्चोकस्थित स्थानीय पूवाृधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समीक्षात्मक छलफल गरेका हुन्  ।

आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल शुरु गरेका हुन् । उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए।

‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’ भन्दै उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरूले चालू आर्थिक वर्षमा भएका योजनाका उपलब्धिहरू, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षति पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरूले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरी पहल गर्नुपर्ने बताएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रस्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : ३७ बजे

महिला यू-२० एसियन कप छनोट : साउदी अरबमाथि नेपालको जित

काठमाडौं– नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल

गभर्नर पौडेलको निष्कर्ष : अर्थतन्त्र चलायमान नहुनुमा सरकारकै दोष

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बरहथवा– सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

साप्ताहिक आर्थिक खबर : बूढीगण्डकीलाई लगानी जुट्यो, एक वर्षमै साढे १७ अर्बको बिजुली बिक्री र २४ वटा क्यासिनो नवीकरण

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो बूढीगण्डकी जलविद्युत आयोजनाका लागि

रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार व्यवस्थाका