स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा « Khabarhub

स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल शुरु गरेका छन् ।

उनले आज पुल्चोकस्थित स्थानीय पूवाृधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समीक्षात्मक छलफल गरेका हुन्  ।

आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल शुरु गरेका हुन् । उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए।

‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’ भन्दै उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरूले चालू आर्थिक वर्षमा भएका योजनाका उपलब्धिहरू, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षति पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरूले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरी पहल गर्नुपर्ने बताएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रस्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : ३७ बजे

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले