श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय  « Khabarhub

श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ ।

रास्वपा समर्थक तथा पार्टीका नेताहरू चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेल पनि पार्टी कार्यालय पुगेकी छन् ।

अन्य नेताहरू पार्टी कार्यालयको कोठामा अनौपचारिक छलफलमा छन् । उनलाई प्रहरी पक्राउ गर्न पुगे मिडियासामु केही कुरा राखेर मात्र प्रहरीको साथमा जाने तयारी भइरहेको छ  ।

तर रविलाई  प्रहरीले आज पक्राउ गर्ने या नगर्नेबारे प्रहरी स्रोतले पनि खुलाएको छैन ।

कास्की प्रहरीले यसबारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : २१ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको