विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’  « Khabarhub

विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनाशकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रूपमा लिँदै राहत वितरण र पुनः निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनः निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताए ।

‘अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयात्मकता काम गर्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले भने, ‘जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ तर हामीले त्यसको प्रवाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरूका रोकिएका स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरू गरेर नाका बाटाहरू खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : २८ बजे

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख