रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको दाबी  « Khabarhub

रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको दाबी 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पक्राउ अनुमतिका लागि हाल कास्की अदालत पुगेका थिए । यता कास्कीबाट प्रहरीको टोली काठमाडौं आइसकेको छ ।

पक्राउ पुर्जीका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस भएको थियो । शाहको बेन्चले पक्राउ गर्न अनुमति दिएको प्रहरी स्रोतको भनाइ छ ।

उताबाट अदालतले पक्राउ पुर्जी जारी गर्ने बित्तिकै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी समेत गरेको छ ।

लामिछानेलाई सहकारी संस्थाको अध्ययन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा उनका सहकर्मी पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परिसकेका छन् ।

यसअगाडि पनि प्रहरीले अनुमति दिएको भनिएको थियो । तर रवि पक्राउ परेनन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर