रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ   « Khabarhub

रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ  


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पक्राउ पर्न थालेपछि दिएको अभद्र अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपा एमालेका नेताले जवाफ फर्काएका छन् ।

लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ‘सरकार मरेको र आफूलाई जुठो परेको’ अभद्र अभिव्यक्ति दिएपछि एमाले नेता विष्णु रिजालले जवाफ फर्काएका हुन् ।

‘सरकार मरेको होइन, सक्रिय भएको छ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’

यसअघि पूर्वगृहमन्त्री रहिसकेका लामिछानेले लेखेका थिए, ‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर,  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’
एमाले नेता रिजालले यसअघि पनि गृहमन्त्री रहिसकेका नेताहरू पक्राउ परेका घटना लामिछानेलाई स्मरण गराएका छन् ।

‘गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन,’ उनले भनेका छन्, ‘रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनुस्, ६५ करोड बारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !’

यो पनि पढ्नुहोस् : 
पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ०० बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,