रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ  « Khabarhub

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ ।

पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि प्रहरीसँग सभापति सडक मार्ग भएर पोखरा जाने बताए ।

झाले राजनीतिक प्रतिशोध साध्न सरकारले काम गरेको समेत बताए ।

उनले भने, ‘प्रहरीलाई सघाउ, कुनै अवरोध नगरौँ । हामी फरक राजनीतिक गर्न आएका छौँ । प्रहरीलाई प्रतिकार नगरौँ । अब आधा घण्टामा सभापति पार्टी कार्यालयबाट ओर्लिएर पोखरा जानुहुन्छ । उहाँ सडक मार्ग भएर पोखरा जानुहुन्छ । उहाँको साथमा हामी पनि केही जान्छौँ ।’

झाका अनुसार सभापतिले केही कुरा राखेर पोखरा जाने सहमति भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ०८ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज