रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति « Khabarhub

रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार साँझ पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरातर्फ लगिएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले उनलाई गाडीमा नै पोखरा लगेको हो ।

स्थलमार्गबाटै रविलाई पोखरातर्फ लगेकाे प्रहरीले राजमार्गको सुरक्षा अवस्था कडा बनाएको छ । राजमार्गका मुख्य बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उनको गिरफ्तारीपछि मुग्लिनमा भेला भई पोखरा हिंडेका भरतपुर र आसपासका समर्थक सवार गाडीलाई प्रहरीले जुगेडीमै रोकेको छ।

सभापति लामिछानेसँग उपसभापति डोलप्रसाद (डिपी( अर्याल , श्रीमती निकिता पौडेल, पार्टीका नेता दीपक बोहरा, पार्टीका सहप्रवक्ता प्रतिमा रावल, कोषाध्यक्ष लिमा अधिकारी गएका छन् । यस्तै निजी गाडीमा अन्य नेताहरू पनि पोखरा प्रस्थान गरेका छन् ।

लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले पार्टी कार्यालयबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् ।

उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए ।

उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुदै पोखरा लैजाने भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : २२ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ