आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। निर्णय क्षमता कमजोर बन्नेछ। साना कुराले सञ्चलता बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ।

वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। स्वास्थले साथ दिनेछ। मन शान्त बन्ने दिन छ। राज्यको निगरानीमा रहेकाले सचेत बन्नु राम्रो हुनेछ। छिमेकमा भएको शुभकार्यमा सहभागी भएर लाभ लिन सकिने छ।

मिथुन : बोलीका प्रभावले राम्रो काम बन्नेछ। उचित ठाउँमा लगानी हुँदा सन्तुष्टि मिल्नेछ। सामाजिक कार्यमा तपाईंको काममा असन्तुष्टि आउनसक्छ। परिवारसँगै बस्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : साना कुराले झन्झट बढ्नेछ। थोरै बोलेर जित्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। तपाईंको बोलीका कारण साथीभाइ असन्तुष्ट हुनेछन्। थोरै बोलेर जित्नुपर्ने दिन छ।

सिंह : दिन सहज छ। आज गरेका निर्णयले लामो समयसम्म असर गर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। स्वदेशमा भन्दा वैदेशिक रमझमले मन तान्नेछ। विदेशमा गरेको लगानी सफल बन्नेछ। खानपानमा ख्याल नगरेमा पुरानो रोगले दुःख दिने देखिन्छ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुनेछ।

तुला : धार्मिक क्षेत्रमा तपाईंको झुकाब बढ्नेछ। मनको खटपटी हट्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। पठनपाठनमा ढिलासुस्ती हुने देखिन्छ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सहज छ। दैनिक काम अगाडि बढ्नेछन्। राजनीतिक क्षेत्रमा गलत साथीसँगको संगतले काममा झन्झट आइपर्न सक्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

धनु : मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घुमघामका लागि तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइको साथ लिएर अगाडि बढेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको पर्खाइ भए राम्रो नतिजा प्राप्त हुनेछ। आफ्ना साथी विपक्षीको कित्तामा उभिएकाले सचेत बन्नुपर्ने देखिन्छ।

कुम्भ : शुभग्रहको बहुमत छ। शिक्षासँगै धार्मिक कुरामा चासो बढ्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। साथीलाई कम विश्वास गरेर परिवारको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ।

मीन : धार्मिक कुराले मन अशान्त बनाउने छ। धार्मिक र राजनीतिक क्षेत्रमा झुकाब बढ्नेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। मनको कुरा सबै सार्वजनिक गर्दा घाटा हुने भएकाले बोल्नु अगाडि सोच्नुपर्ने दिन छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : १२ बजे

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते