इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए « Khabarhub

इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लेबनान – बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफ मारिएका छन्। यो घटनालाई हिजबुल्लाहले नै पुष्टि गरिसकेको छ।

लेबनानको सञ्चार माध्यममा जनाइए अनुसार आइतबार बाक्लो घनत्व रहेको रास अल नाबाको छिमेकमा बाथ राजनीतिक दलको कार्यालयमा आक्रमण भएको थियो।

सोही आक्रमणमा चार जनाको ज्यान गएको हो। बाथ पार्टी सिरियाको हो। यसको लेबनानमा धेरै शाखा छन्। लेबनानमा भएका धेरै शाखामा आइतबार एकै पटक आक्रमण गरेर संरचना नै ध्वस्त पारिएका थिए ।

अफिफ सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने हिजबुल्लाहका विरलै नेता मध्य एक हुन। एक साता अघि मात्र उनले सार्वजनिक कार्यक्रममा प्रस्तुत भएर हिजबल्लाहको कार्यक्रमको बारे जानकारी गराएका थिए। बाथ पार्टी वर्तमान राष्ट्रपति बसार अल असरको नेतृत्वमा छ। सो दल हिजुबल्लाहको साथमा नै सत्तामा पुगेको हो।

आइतबार नै इजरायलले लेबनानमा अर्को आक्रमण पनि गरेको थियो। सो आक्रमणमा दुई जनाको ज्यान गएको थियो।

आइतबार बिहान इजरायली डिफेन्स फोर्सले हिजबुल्लाहको ६ केन्द्रमा निसाना बनाइएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयको दाबी अनुसार गत लेबनानमा इजरायलले गरेको आक्रमणमा ३४ सय जनाको ज्यान गएको छ भने १२ लाख विस्थापित भएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ०५ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक