कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख तथा कांग्रेस नेता दमननाथ ढुङ्गानाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नेछ ।

८३ वर्षीय ढुङ्गानाको कलेजो सम्बन्धी रोगको उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो ।

विसं २०४६ सालको जनआन्दोलनताका नेपाली कांग्रेसको प्रवक्ता रहेका ढुङ्गाना २०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । सो निर्वाचनमा काठमाडौंबाट निर्वाचित हुने उनी कांग्रेसका एक्ला सांसद थिए । ढुङ्गाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ०० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि