कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख तथा कांग्रेस नेता दमननाथ ढुङ्गानाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नेछ ।

८३ वर्षीय ढुङ्गानाको कलेजो सम्बन्धी रोगको उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो ।

विसं २०४६ सालको जनआन्दोलनताका नेपाली कांग्रेसको प्रवक्ता रहेका ढुङ्गाना २०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । सो निर्वाचनमा काठमाडौंबाट निर्वाचित हुने उनी कांग्रेसका एक्ला सांसद थिए । ढुङ्गाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ०० बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय