पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय « Khabarhub

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले आज र भोलि (सोमबार र मंगलबार) दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

बैठकले मंगलबार एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ढंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता तथा पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना ०४८ को आम निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं– २ बाट विजयी भएका थिए । 

ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । उनले ०५१ मा काठमाडौं–२ र २०७४ मा भक्तपुर–२ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको