‘पूर्वसभामुख ढुंगानाले पुर्‍याएको योगदान इतिहासमा लेखिने छ’ « Khabarhub

‘पूर्वसभामुख ढुंगानाले पुर्‍याएको योगदान इतिहासमा लेखिने छ’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने  जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुने आयोगले विश्वास लिएको उल्लेख छ ।

आयोगले भनेको छु, ढुंगानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ ।’

ढुंगानाले मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा  आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुंगानाको आत्माको चीर शान्तिको कामना गरेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ०६ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट