‘नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ’ « Khabarhub

‘नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाकु वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।

अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए।  

भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबीच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठूलो महत्व रहेको बताएका थिए ।

साथै उनले बङ्गलादेश र नेपाल बीचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याउन, उनको महत्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे । यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ ।

मन्त्री शाहीले भने, ‘सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरू अति कम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्वपूर्ण हुनेछ ।’

सो अवसरमा बङ्गलादेशका वन, वतावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री हसनले कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालसँग सुदृढ सम्बन्ध र सहकार्य रहँदै आएको बताउँदै आगामी दिनमा थप विस्तार हुने अपेक्षा गरेका थिए । सन् १९७१ मा बङ्गलादेशको स्थापनालगत्तै नेपाल र बङ्गलादेश बीचको द्विपक्षीय सम्बन्ध स्थापित भएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि जारी छ । 

आगामी मङ्सिर ७ गतेसम्म चल्ने सम्मेलनमा अनुकूलन, हानि–नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरूको विषय, जलवायु प्रतिकार्यको कार्यान्वयनको प्रभाव, पेरिस सम्झौताको दफा ६, पेरिस सम्झौताको वैश्विक मापन, महासन्धिको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, जस्ट ट्रान्जिसनसम्बन्धी वर्क प्रोग्राम, न्यूनीकरणसम्बन्धी वर्क प्रोग्राम, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको