प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा « Khabarhub

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिएपनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयले हाल चार जना डाक्टर उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डा. गुप्ताले जानकारी दिए ।

जनशक्ति उपलब्ध भएपछि विगत १२ वर्षदेखि अस्पतालको ‘स्टोर’मा राखिएका उपकरण प्रयोगमा ल्याइएका हुन् । एनआइसीयू सेवा सञ्चालनमा आएसँगै उक्त सेवा लिन निजी अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
 
हाल एनआइसीयूमा चार जना डाक्टर, नौ जना स्टाफ नर्स र चार जना सुरक्षागार्ड खटिएका छन् । सङ्घीय सरकारले डाक्टर उपलब्ध गराए पनि अन्य जनशक्ति प्रादेशिक अस्पतालकै भएको डा गुप्ताले बताए। 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : ३४ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा