फिल्म ‘अग्निदहन’ : जब ‘बोक्सी’ आरोपमा जलिरहेकी आमालाई बच्चाहरूले हेरिरहे… « Khabarhub

फिल्म ‘अग्निदहन’ : जब ‘बोक्सी’ आरोपमा जलिरहेकी आमालाई बच्चाहरूले हेरिरहे…


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘बोक्सी’ कु-प्रथासम्बन्धी सत्य घटनाबाट प्रेरित फिल्म ‘अग्निदहन’ मंसिर ७ बाट प्रदर्शनमा आउँदै छ । यो फिल्म लोकमणि पौडेललको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्देशक घनश्याम लामिछानेले तयार पारेका हुन् ।

फिल्मबारे जानकारी दिन निर्माण पक्षले हात्तिसारमा आइतबार गरेको पत्रकार सम्मलेनमा पौडेलले ‘अन्निदहन’ उपन्यास हुँदै फिल्म बन्नुका मुख्य घटनाक्रमबारे खुलाएका छन् ।

चितवनकी करिब ४० वर्षीय महिलालाई बोक्सीको आरोपमा जिउँदै जलाएको घटनाले फिल्म निर्माणसम्मको यात्रा तय गरेको पौडेलले सुनाए ।

उनका अनुसार जलाइएकी ती महिना चितवन बगौडा निवासी महतो थरकी हुन् । वि.सं. २०६८ सालमा बोक्सी आरोपमा उनलाई जिउँदै जलाइएको थियो ।

‘म चितवनमै थिएँ । यो घटनामा मेरो कानमा पर्‍यो । के रहेछ भनेर घटनास्थलमा गएँ । त्यहाँ खरानीको थुप्रो मात्रै थियो,’ उनले उक्त घटना स्मरण गरे ।

त्यहाँ पुगेर गाउँलेहरूबाट घटनाबारे थप जानकारी पाउँदा आफू झनै विक्षिप्त भएको उनी सम्झन्छन् ।

भन्छन्, ‘उनलाई परालको आगोमा जलाएर मारिएको रहेछ । उनी उम्किन खोज्दा पटक पटक समातेर आगोमा हालेछन् । यो कुरा उनका बच्चा-बच्चीले झ्यालबाट हेरिरहेका रहेछन् । जसलाई कोठामा थुनिएको रहेछ ।’

यही घटनाबाट विक्षिप्त मनले आफूलाई ‘बोक्सी’ कु-प्रथाबारे कमल चलाउने निर्णय लिन बाध्य बनाएको पौडेल बताउँछन् ।

निर्देशक घनश्याम लामिछाने, लोक गायिका एवम् नायिका तुलसा क्षेत्री र नायिका  प्रमिला तुलाचन (क्रमश: दायाँबाट)

छायाङ्नमा भेटिएका पात्र

पौडेलका अनुसार उपन्यासमा समेटिएका मकवानपुरको हेटौँडाका ८६ वर्षीय वृद्धलाई बोक्सोको आरोपमा जिउँदै आगोमा जलाएर हत्या गरिएको घटना पनि फिल्ममा राखिएको छ ।

करिब दशक अगाडिको यो घटनामा बुवा–छोरा दुवैलाई घरभित्र राखेर जलाइएको थियो, तर संयोगले छोरा चाहिँ बाँचे ।

पौडेल भन्छन्, ‘घरभित्र थुनेपछि पट्रोल छर्केर आगो लगाइएको थियो । त्यो बेला पनि म उपन्यासका लागि केही समयपछि घटनास्थलमा पुगेको थिएँ ।

यो घटना पनि फिल्ममा भएकाले छायाङ्नका लागि सुटिङ युनिट हेटौँडा पुगेको थियो । संयोगले त्यस घटनामा बाचेका ‘छोरा’को भेट सुटिङ युनिटसँग भयो ।

पौडेलका अनुसार ती ‘छोरा’ले सुटिङ युनिटसँग भने, ‘मेरो बुवालाई जलाइएको हो । त्यहाँ म पनि थिएँ तर बाँचे ।’

निर्देशक घनश्याम लामिछानेका अनुसार ती व्यक्तिको शरीरभर जलेको खत थियो, कानको बाहिरी भाग नै थिएन । भन्छन्, ‘कानको भाग जलेर दुलो मात्रै बँचेको थियो ।’

कथाकै पात्र रहेकाले उनलाई पनि फिल्ममा अभिनय गराउने निर्देशक लामिछानेको योजना थियो । ‘छोरा’ले सहमति जनाए पनि छायाङ्नमा सहभागी नभएको लामिछाने बताउँछन् ।

भन्छन्, ‘खोई उहाँ किन आउनुभएन ? पहिला आउँछु भन्नुभएको थियो ।’

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : १५ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका