गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ? « Khabarhub

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गत आर्थिक वर्ष २०८०-०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली उत्पादन भएको छ । सो आवमा सरकारले एक हजार मेगावाट बिजुली उत्पादन गरी ग्रिडमा जोड्ने लक्ष्य लिएको थियो ।

तर, सो आवमा सरकार र स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट गरी ४६८ मेगावाट मात्र बिजुली उत्पादन भएको हो । जुन, विद्युत् उत्पादन लक्ष्यको आधाभन्दा कम हो । सो आवमा २ वटा सोलार २१ वटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भइ ४६८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत आवमा विभिन्न ३ दर्जन जलविद्युत् आयोजनाबाट करिब एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, ठूला जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाइका कारण सो आवमा आधाभन्दा कम मात्रै बिजुली उत्पादन हुन सक्यो ।

गत आवभित्र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना, ४२.५ मेगावाटको सान्जेनलगायतका ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भइ विद्युत् उत्पादन गर्ने अनुमान गरिएको थियो । तर, निर्माणमा देखिएको ढिलाइका कारण ती आयोजनाहरूबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भने हुन सकेन

जसका कारण प्राधिकरणले लिएको वार्षिक लक्ष्य मै धक्का लाग्यो । गत आवमा ४६८ मेगावाट बिजुली थप भएसँगै हालसम्म राष्ट्रिय प्रणालीको कुल जडित क्षमता ३ हजार २३५ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

गत आवको अन्त्यसम्ममा कुल जडित क्षमता ३ हजार १५७ मेगावाट थियो । त्यसयता केही आयोजना निर्माण भइ विद्युत उत्पादन हुँदा अहिले कुल जडित क्षमता ३२०० मेगावाटभन्दा माथि नै रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, गत आवमा ७६६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण विस्तार भएको छ । यो सँगै गत आवसम्म नेपालमा हालसम्म ६ हजार ५०८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ । 

त्यस्तै, सरकारले चालू आर्थिक वर्ष २०८१-०८२ को अन्त्यसम्ममा कुल जडित क्षमता  ५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य भेटाउन यो वर्ष १८०० मेगावाट बिजुली उत्पादन हुनुपर्छ ।

सरकारले चालू आवमा पनि एक हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने लक्ष्य लिएको छ । ९०० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनासहित नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीका जलविद्युत् आयोजना सम्पन्न भएमा लक्ष्य पूरा हुन गाह्रो छैन् ।

 तर, विभिन्न कारणले विगतमा झैं जलविद्युत् आयोजना निर्माण हुने  ढिलाइ कारणले आयोजना समयमै सम्पन्न हुन नसकेमा सरकारले लक्ष्य पूरा हुन सक्दैन ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : ३६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको