गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ? « Khabarhub

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गत आर्थिक वर्ष २०८०-०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली उत्पादन भएको छ । सो आवमा सरकारले एक हजार मेगावाट बिजुली उत्पादन गरी ग्रिडमा जोड्ने लक्ष्य लिएको थियो ।

तर, सो आवमा सरकार र स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट गरी ४६८ मेगावाट मात्र बिजुली उत्पादन भएको हो । जुन, विद्युत् उत्पादन लक्ष्यको आधाभन्दा कम हो । सो आवमा २ वटा सोलार २१ वटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भइ ४६८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत आवमा विभिन्न ३ दर्जन जलविद्युत् आयोजनाबाट करिब एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, ठूला जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाइका कारण सो आवमा आधाभन्दा कम मात्रै बिजुली उत्पादन हुन सक्यो ।

गत आवभित्र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना, ४२.५ मेगावाटको सान्जेनलगायतका ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भइ विद्युत् उत्पादन गर्ने अनुमान गरिएको थियो । तर, निर्माणमा देखिएको ढिलाइका कारण ती आयोजनाहरूबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भने हुन सकेन

जसका कारण प्राधिकरणले लिएको वार्षिक लक्ष्य मै धक्का लाग्यो । गत आवमा ४६८ मेगावाट बिजुली थप भएसँगै हालसम्म राष्ट्रिय प्रणालीको कुल जडित क्षमता ३ हजार २३५ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

गत आवको अन्त्यसम्ममा कुल जडित क्षमता ३ हजार १५७ मेगावाट थियो । त्यसयता केही आयोजना निर्माण भइ विद्युत उत्पादन हुँदा अहिले कुल जडित क्षमता ३२०० मेगावाटभन्दा माथि नै रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, गत आवमा ७६६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण विस्तार भएको छ । यो सँगै गत आवसम्म नेपालमा हालसम्म ६ हजार ५०८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ । 

त्यस्तै, सरकारले चालू आर्थिक वर्ष २०८१-०८२ को अन्त्यसम्ममा कुल जडित क्षमता  ५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य भेटाउन यो वर्ष १८०० मेगावाट बिजुली उत्पादन हुनुपर्छ ।

सरकारले चालू आवमा पनि एक हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने लक्ष्य लिएको छ । ९०० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनासहित नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीका जलविद्युत् आयोजना सम्पन्न भएमा लक्ष्य पूरा हुन गाह्रो छैन् ।

 तर, विभिन्न कारणले विगतमा झैं जलविद्युत् आयोजना निर्माण हुने  ढिलाइ कारणले आयोजना समयमै सम्पन्न हुन नसकेमा सरकारले लक्ष्य पूरा हुन सक्दैन ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ