इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु « Khabarhub

इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको  पुष्टि गरेको छ ।

गत सेप्टेम्बर–२३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्य बेरुतमा तुलनात्मक रुपमा कम आक्रमणहरू भएका छन् ।

बेरुतको रास अल–नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफीफसहित चार जनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ ।

मार इलियासमा भएको दोस्रो आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा  उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए  ।

आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउदै एएफपीले  घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरूले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको  छ । 

लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको  जनाएको छ । प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले जामा इस्लामिया केन्द्रलाई लक्षित गरेको बताएको छ ।  

यद्यपि जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध  केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनाएको छ ।

यस अघि मध्य बेरुतको रास अल–नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो ।  जसलाई इजरायली सेनाले हिजबुल्लाहको ‘प्रमुख प्रचारक’ भनेर वर्णन गरेको थियो ।

उक्त घटनामा एक महिलासहित  चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारको आक्रमण पछि लेबनानका शिक्षा मन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताउनु भएको छ ।  

लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै  ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ४८ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु