इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको  पुष्टि गरेको छ ।

गत सेप्टेम्बर–२३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्य बेरुतमा तुलनात्मक रुपमा कम आक्रमणहरू भएका छन् ।

बेरुतको रास अल–नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफीफसहित चार जनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ ।

मार इलियासमा भएको दोस्रो आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा  उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए  ।

आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउदै एएफपीले  घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरूले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको  छ । 

लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको  जनाएको छ । प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले जामा इस्लामिया केन्द्रलाई लक्षित गरेको बताएको छ ।  

यद्यपि जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध  केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनाएको छ ।

यस अघि मध्य बेरुतको रास अल–नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो ।  जसलाई इजरायली सेनाले हिजबुल्लाहको ‘प्रमुख प्रचारक’ भनेर वर्णन गरेको थियो ।

उक्त घटनामा एक महिलासहित  चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारको आक्रमण पछि लेबनानका शिक्षा मन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताउनु भएको छ ।  

लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै  ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ४८ बजे

भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन : ठाकुर गैरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई

विराटनगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट 

काठमाडौं– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका

सहरी विकास मन्त्रालयले कुन प्रदेशमा कति प्रतिशत बजेट छुट्यायो ?

काठमाडौं– सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सन्तुलित