अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता  « Khabarhub

अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता 


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।   

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् भने राष्ट्रपति फर्डिनान्ड मार्कोस  पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ ।  

सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरूले  बताएका छन् । 

यसै गरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्तावेजलाई फिलिपिन्स र अमेरिकाबीच सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भएको जनाएको  छ ।  

मार्कोस सरकारले दक्षिण चीन सागरको अधिकांश भूभागमा बेइजिङको क्षेत्रीय दाबीको विरुद्धमा पछाडि धकेलेको छ भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कार्यालयमा फर्कने तयारीमा छन् ।

चीनले आफ्नो दाबीको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरू तैनाथ गरेको छ । यसै गरी मनिलाले आफ्ना जहाजहरूलाई दबाबमा पारी पानी ,केही चट्टान र टापुहरूमा पहुँचविहीन गराएको बताएको छ ।

यसले हिंसात्मक भिडन्त निम्त्याउँदा विगत १८ महिनामा  कैयाै   फिलिपिनो कर्मचारीहरू घाइते हुनुका साथै उनीहरूका जहाजमा क्षति पुगेको जनाइएको छ ।

यसले फिलिपिन्ससँगको आपसी रक्षा सन्धिको कारण संयुक्त राज्य अमेरिका सशस्त्र द्वन्द्वमा पर्न सक्ने चिन्तालाई बढाएको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले अस्टिनले मंगलबार पश्चिमी टापु पलावनको भ्रमण गर्ने र दक्षिण चीन सागरमा गस्ती र रक्षाका लागि जिम्मेवार फिलिपिन्सका सेनाहरूसँग बैठक गर्ने बताएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : १३ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।