पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त | Khabarhub Khabarhub

पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले जावेदलाई पुरुष ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको हो । जावेदले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद सम्हाल्ने बोर्डले जनाएको छ ।

पाकिस्तानका पूर्व तीब्र गतिका बलर समेत रहेका जावेदले पुरुष टिमको राष्ट्रिय छनौट समितिको सिनियर सदस्यको रुपमा समेत काम गरिरहने भएका छन् ।

यस अघि ह्वाइट बल क्रिकेटका प्रशिक्षक रहेका दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेनले राजीनामा दिएपछि यो पद खाली थियो । फेब्रुअरीको १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले जिम्बाबे, दक्षिण अफ्रिका र न्युजिल्याण्डसँग विभिन्न सिरिज खेल्ने तालिका रहेको छ ।   

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति