पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त « Khabarhub

पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले जावेदलाई पुरुष ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको हो । जावेदले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद सम्हाल्ने बोर्डले जनाएको छ ।

पाकिस्तानका पूर्व तीब्र गतिका बलर समेत रहेका जावेदले पुरुष टिमको राष्ट्रिय छनौट समितिको सिनियर सदस्यको रुपमा समेत काम गरिरहने भएका छन् ।

यस अघि ह्वाइट बल क्रिकेटका प्रशिक्षक रहेका दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेनले राजीनामा दिएपछि यो पद खाली थियो । फेब्रुअरीको १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले जिम्बाबे, दक्षिण अफ्रिका र न्युजिल्याण्डसँग विभिन्न सिरिज खेल्ने तालिका रहेको छ ।   

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ३४ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि