फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’ « Khabarhub

फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तमिल नायक सूर्या र बलिउड नायक बबी देओल अभिनित फिल्म ‘कंगुवा’ले प्रदर्शनको सुरुवाती चार दिनमै कमजोर व्यापार गरेको छ ।

प्रदर्शनअघि बहुप्रतिक्षित फिल्मका रुपमा चर्चा पाएको यस फिल्म बक्स अफिसमा कमजोर सावित भएको हो । बबी देओल खलपात्रको भूमिकामा रहेकाले फिल्मले चर्चा पाएको थियो ।

भारतीय मिडियाहरूका अनुसार यस फिल्मले अपेक्षितभन्दा कम व्यापार गरेको थियो । अझ नकारात्मक ‘वर्ड अफ माउथ’का कारण अकुपेन्सीमा कमी आएको हो ।

भारतीय फिल्महरूको बक्स अफिस रोपोर्ट रार्वजनिक गर्ने सैकनिल्कका अनुसार ‘कंगुवा’ले प्रदर्शनको पहिलो दिन बिहीबार २४ करोड भारुको मात्रै व्यापार गरेको छ ।

त्यस्तै, शुक्रबार ९ करोड ५ लाख, शनिबार ९ करोड ८५ लाख, आइतबार करिब १० करोडको व्यापार गरेको छ । अर्थात् फिल्मले सुरुवाती चार दिनमा ५३ करोड ३५ लाखभारु ग्रस कलेक्सन गरेको छ । यो कमाइ तेलगु र हिन्दी दुवै भाषाको कमाइ हो ।

भारतीय मिडियाहरूको अनुसार दोस्रो दिन फिल्मको व्यापार आधाभन्दा बढीले घट्नुको कारण नकारात्मक वर्ड अफ माउथ हो । यो फिल्मको लगानी ३५० करोड भारुभन्दा बढी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ५३ बजे

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम