फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’ « Khabarhub

फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तमिल नायक सूर्या र बलिउड नायक बबी देओल अभिनित फिल्म ‘कंगुवा’ले प्रदर्शनको सुरुवाती चार दिनमै कमजोर व्यापार गरेको छ ।

प्रदर्शनअघि बहुप्रतिक्षित फिल्मका रुपमा चर्चा पाएको यस फिल्म बक्स अफिसमा कमजोर सावित भएको हो । बबी देओल खलपात्रको भूमिकामा रहेकाले फिल्मले चर्चा पाएको थियो ।

भारतीय मिडियाहरूका अनुसार यस फिल्मले अपेक्षितभन्दा कम व्यापार गरेको थियो । अझ नकारात्मक ‘वर्ड अफ माउथ’का कारण अकुपेन्सीमा कमी आएको हो ।

भारतीय फिल्महरूको बक्स अफिस रोपोर्ट रार्वजनिक गर्ने सैकनिल्कका अनुसार ‘कंगुवा’ले प्रदर्शनको पहिलो दिन बिहीबार २४ करोड भारुको मात्रै व्यापार गरेको छ ।

त्यस्तै, शुक्रबार ९ करोड ५ लाख, शनिबार ९ करोड ८५ लाख, आइतबार करिब १० करोडको व्यापार गरेको छ । अर्थात् फिल्मले सुरुवाती चार दिनमा ५३ करोड ३५ लाखभारु ग्रस कलेक्सन गरेको छ । यो कमाइ तेलगु र हिन्दी दुवै भाषाको कमाइ हो ।

भारतीय मिडियाहरूको अनुसार दोस्रो दिन फिल्मको व्यापार आधाभन्दा बढीले घट्नुको कारण नकारात्मक वर्ड अफ माउथ हो । यो फिल्मको लगानी ३५० करोड भारुभन्दा बढी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ५३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका