नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ « Khabarhub

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यले भने, “पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब रु २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडिको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

निजलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : २१ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान