हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह « Khabarhub

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजरबैजान – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ पग्लने र समुन्द्र सतह बढ्नेजस्ता जलवायुजन्य समस्याहरू निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विषेश सल्लाकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटवार्तामा उनले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

सबै सदस्य मुलुकहरू एकजुट भएर जलवायु सङ्कट समधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानको यस मार्गमा लाग्न प्रेरित गर्दै अघि बढ्न जरुरी रहेको बताए ।

गत वर्षको गुटेरेसले गर्नुभएको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोगी भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएको जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्‍याएको बताए।

“हिमालय पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्रसम्म सीमित हुँदैन । त्यसका असरहरू त्यहाँबाट धेरै पर, विशेषगरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्‍याइरहेको छ ।”

नेपालजस्ता मुलुकका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ०१ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको