हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह « Khabarhub

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजरबैजान – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ पग्लने र समुन्द्र सतह बढ्नेजस्ता जलवायुजन्य समस्याहरू निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विषेश सल्लाकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटवार्तामा उनले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

सबै सदस्य मुलुकहरू एकजुट भएर जलवायु सङ्कट समधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानको यस मार्गमा लाग्न प्रेरित गर्दै अघि बढ्न जरुरी रहेको बताए ।

गत वर्षको गुटेरेसले गर्नुभएको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोगी भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएको जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्‍याएको बताए।

“हिमालय पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्रसम्म सीमित हुँदैन । त्यसका असरहरू त्यहाँबाट धेरै पर, विशेषगरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्‍याइरहेको छ ।”

नेपालजस्ता मुलुकका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ०१ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै