धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम « Khabarhub

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ ।

धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक–एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन् । ताकममा एक सय छ, मुदीमा एक सय २५, मुनामा एक सय १५, लुलाङमा एक सय ३५, मराङमा एक सय १५, मल्कवाङमा एक सय १५ र गुर्जामा एक सय ३५ जनाले सेवा पाएका हुन् ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिएको छ । मुटु, मिर्गौला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ ।

बेनी अस्पतालका चिकित्सक डा. रामु सापकोटा, समिर भण्डारी र रोजिना कटुवालसहितको टोलीले सेवा दिएका थिए । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सबै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : १५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ