एनपीएल इलिमिनेटर : चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली « Khabarhub

एनपीएल इलिमिनेटर : चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीका कप्तान सोमपाल कामीलाई ब्याटिङको निम्तो दिएका हुन्।

लिग चरणको अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सको भिडन्त इलिमिनेटरमा हुन लागेको हो।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

लिग चरणमा चितवनमाथि कर्णालीको जित
लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो। कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए। यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी(इटनले एक एक विकेट लिएका थिए

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।

चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए। रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो।

चितवन आज लिग चरणको खेलको बदला लिन चाहन्छ। कर्णाली भने चितवनलाई हराउँदै दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्न चाहन्छ। दुवै टिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेकाले यो खेललाई महत्त्वका साथ हेरिएको छ।

चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२:१५ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ। उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ। एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन्।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ५१ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा