फेरि निखिलको एब्सको चर्चा ! « Khabarhub

फेरि निखिलको एब्सको चर्चा !


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै बरी लै’मा नाचेर देखाइदिए । यो उनकै निर्देशनमा बनेको फिल्म पनि हो ।

अर्कोतर्फ एक्सन हिरोको छवि बनाएका निखिल रोमान्टिक मुडमा देखिए । सजिना श्रेष्ठसँग रोमान्स गर्न बगैँचा, बाल्कोनी, बाइक राइडदेखि स्विमिङ पुलमा पनि डुबुल्की मारेका छन् ।

यो निखिललाई कति सुहाएको छ ? प्रश्न जो-जसबाट उठे पनि जवाफ दर्शकले दिने हो । अर्को जवाफ चाहिँ निखिलले नै दिनुपर्छ, त्यसको प्रश्न हो, ‘उमेर अन्तर बढी नै भएको नायिकासँग अनस्क्रिन रोमान्स उपयुक्त छ त ?’

तर, अनस्क्रिन रोमान्समा उमेरले के छेक्थ्यो ? बस् अस्वभाविक देखिनु भएन । देखिए फिल्मलाई नै घाटा हो । निखिल र सजिनाको केमेस्ट्री कस्तो देखियो ? यसको जवाफ पनि दर्शकले दिनेछन् ।

तर, एक तथ्य- निखिल यति रोमान्टिक औरामा प्रस्तुत हुँदा पनि दर्शकले उनको एक्सन नै खोजिरहेका छन् । कमेन्ट बक्सले यो पुष्टि गर्छ ।

यो भिडियोमा निखिलले आफूलाई रोमान्टिक देखाउन गेटअपमा ध्यान दिएका छन् । अलि बढी फोकस गरेर एब्स देखाएका छन् ।

हुन त निखिलको एब्स प्राकृतिक देखिएको छैन । उनी स्विमिङ पुलको डिलमा रोमान्टिङ मुडमा हिँडिरहँदा एक ठाउँमा एब्स मधुरो हुन्छ । लगभग हराउँछ । यो दृश्यले कमजोर भीएफएक्सको झल्को दिन्छ । धेरै दर्शकले यो नोटिस गरेका छन् ।

अर्थात्, गीतले पनि भीएफएक्सको चर्चा फेरि सामुन्ने ल्याएको छ ।

पहिलो झलक सार्वजनिक हुँदा यस फिल्मको कमजोर भीएफएक्सको चर्चा भएको थियो । त्यसबेला निखिल निकै आलोचित बनेका छन् ।

यी दुई घटनाले फिल्मको भीएफएक्स प्रति चिन्ता बढाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १२ : १६ बजे

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत