नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने « Khabarhub

नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको हिजो बसेको ९९औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने घोषणा गरेको हो ।

कम्पनीका सचिव कमल प्रसाद शर्माका अनुसार चुक्ता पुँजीको ३ करोड ६३ लाख ३७ हजार ५०० रुपैयाँ बराबर १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर १९ लाख १२ हजार ५०० रुपैयाँ हुन आउने ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०५ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।