नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने « Khabarhub

नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको हिजो बसेको ९९औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने घोषणा गरेको हो ।

कम्पनीका सचिव कमल प्रसाद शर्माका अनुसार चुक्ता पुँजीको ३ करोड ६३ लाख ३७ हजार ५०० रुपैयाँ बराबर १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर १९ लाख १२ हजार ५०० रुपैयाँ हुन आउने ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०५ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६