एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली « Khabarhub

एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ।

यससँगै कर्णालीले क्वालिफायर २ को यात्रा पनि पक्का गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो ।

पराजित भएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन जोडे । २४ उनले ४ छक्का र ३ चौकाको सहयोगमा उक्त रन जोडेका हुन् ।

बोपाराको अर्धशतकले बनाए पनि चितवन हारबाट जोगिन सकेन । यससँगै चितवन एनपीएलबाट पनि बाहिरिएको छ ।

चितवनका दुवै ओपनर आजको खेलमा चल्न सकेनन् । हसन इसाखाइल पहिलो ओभरको पाँचौ बलमा आउट भए । २ बल सामना गर्दा उनले केबल १ रन जोडे ।

अर्का ओपनर विपिन रावल १० बल खेल्दा ४ चौकाको सहयोगमा १८ रन जोडेर आउट भए । यी दुवै ओपनरलाई कर्णालीका कप्तना तीव्र गतिका बलर सोमपाल कामीले आउट गराए ।

जारी प्रतियोगिताको एकै खेलमा सोमपालले दुई विकेट लिएको यो पहिलो पटक हो ।

लुक बेन्केस्स्टाइन पनि सस्तैमा समेटिए । उनले १३ बल सामना गर्दा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे ।

कप्तान कुशल मल्ल २४ बल सामना गर्दा १ छक्का सहित २१ रन जोडेर पवेलियन फर्किए । शरद भेष्वाकरले १० रन जोडे । चिवतनका अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ जिशान मकसूदले ३ विकेट लिए । उनले लुक बेन्केस्स्टाइन, सन्तोष कार्की र सोहल तनवीरको विकेट लिएका हुन्।

नन्दन यादवले चितवनका लागि सबैभन्दा बढि रन जोड्ने बोपाराको सहित २ विकेट लिए । नन्दनको बलमा अमरसिंह रौटेला पनि आउट भएका हुन् ।

बिपिन शर्माले चितवनका कप्तान कुशल मल्ललाई आउट गराए । अर्थात् जिशानले ३ र बिपिनले १ विकेट लिए । नन्दन र सोमपालले समान २/२ विकेट लिए ।

चितवनविरुद्ध विजयी भएको कर्णालीले अब क्वालिफायर १ मा पराजित हुने सुदूरपश्चिम र जनकपुरमध्ये एकसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

क्वालिफायर १ मा शीर्ष दुई टोली सुदूरपश्चिम र जनकपुर बुधबार नै त्रिवि क्रिकेट मैदानमा भिड्दैछन् ।

सबै तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३४ बजे

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

भोजपुरमा करिब चौध सय किशोरीलाई एचपीभी खोप लगाइँदै

टक्सार– भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक

बोइङ- ७८७ इन्धन स्विच घटना : बेलायतले माग्यो एयर इन्डियासँग स्पष्टीकरण

बेलायत– सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट