एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली | Khabarhub Khabarhub

एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ।

यससँगै कर्णालीले क्वालिफायर २ को यात्रा पनि पक्का गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो ।

पराजित भएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन जोडे । २४ उनले ४ छक्का र ३ चौकाको सहयोगमा उक्त रन जोडेका हुन् ।

बोपाराको अर्धशतकले बनाए पनि चितवन हारबाट जोगिन सकेन । यससँगै चितवन एनपीएलबाट पनि बाहिरिएको छ ।

चितवनका दुवै ओपनर आजको खेलमा चल्न सकेनन् । हसन इसाखाइल पहिलो ओभरको पाँचौ बलमा आउट भए । २ बल सामना गर्दा उनले केबल १ रन जोडे ।

अर्का ओपनर विपिन रावल १० बल खेल्दा ४ चौकाको सहयोगमा १८ रन जोडेर आउट भए । यी दुवै ओपनरलाई कर्णालीका कप्तना तीव्र गतिका बलर सोमपाल कामीले आउट गराए ।

जारी प्रतियोगिताको एकै खेलमा सोमपालले दुई विकेट लिएको यो पहिलो पटक हो ।

लुक बेन्केस्स्टाइन पनि सस्तैमा समेटिए । उनले १३ बल सामना गर्दा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे ।

कप्तान कुशल मल्ल २४ बल सामना गर्दा १ छक्का सहित २१ रन जोडेर पवेलियन फर्किए । शरद भेष्वाकरले १० रन जोडे । चिवतनका अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ जिशान मकसूदले ३ विकेट लिए । उनले लुक बेन्केस्स्टाइन, सन्तोष कार्की र सोहल तनवीरको विकेट लिएका हुन्।

नन्दन यादवले चितवनका लागि सबैभन्दा बढि रन जोड्ने बोपाराको सहित २ विकेट लिए । नन्दनको बलमा अमरसिंह रौटेला पनि आउट भएका हुन् ।

बिपिन शर्माले चितवनका कप्तान कुशल मल्ललाई आउट गराए । अर्थात् जिशानले ३ र बिपिनले १ विकेट लिए । नन्दन र सोमपालले समान २/२ विकेट लिए ।

चितवनविरुद्ध विजयी भएको कर्णालीले अब क्वालिफायर १ मा पराजित हुने सुदूरपश्चिम र जनकपुरमध्ये एकसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

क्वालिफायर १ मा शीर्ष दुई टोली सुदूरपश्चिम र जनकपुर बुधबार नै त्रिवि क्रिकेट मैदानमा भिड्दैछन् ।

सबै तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३४ बजे

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे

उपप्रधानमन्त्री सिंहले थाले १४ वर्षदेखि अल्झिएको मुआब्जाको विषयमा छलफल

काठमाडौं– काठमाडौं उपत्यकामा सडक विस्तारमा परेका घर जग्गाको मुआब्जा दिने

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया