हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द | Khabarhub Khabarhub

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।

बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट भएका छन् ।

मोलोटोभ ककटेल’ प्रयोग गरेर अस्पतालमा आगो लगाएका संदिग्ध आक्रमणकारीहरू ‘भिभ अन्सानम’ गठबन्धनसँग सम्बन्धित गिरोहका सदस्यहरू थिए ।

उनले भने, ‘आक्रमणले राजधानीको चिकित्सा क्षमतामा उल्लेखनीय प्रभाव पार्नेछ।’

देशको सबैभन्दा उन्नत ‘मेडिकल इमेजिंग टेक्नोलोजी’ भएको निजी अस्पतालले हाइटीको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

क्यारेबियन राष्ट्रको राजधानीमा एक महिनाभन्दा बढी समयदेखि सशस्त्र समूहले आक्रमण गरिरहेको अवस्थामा बढ्दो उथलपुथलको यो पछिल्लो उदाहरण हो ।

संयुक्त राष्ट्रसङ्घ र एक स्थानीय गैरसरकारी संस्थाका अनुसार डिसेम्बरको सुरुमा एक ‘शक्तिशाली गिरोहका नेता’ले ‘भुडू व्यवसायी’ विरुद्ध गरेको नरसंहारमा करिब २०० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ४३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले