त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री « Khabarhub

त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’, उनले भनेका छन् ।

शारदाप्रसाद त्रितलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो । सो आयोगका प्रतिवेदन बुझेपछि ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन

२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बनेको थियो ।

‘आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ, शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजी गरिने ओलीले उल्लेख गरे ।

 ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ, हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ’, ओलीले भने ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना