त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री « Khabarhub

त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’, उनले भनेका छन् ।

शारदाप्रसाद त्रितलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो । सो आयोगका प्रतिवेदन बुझेपछि ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन

२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बनेको थियो ।

‘आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ, शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजी गरिने ओलीले उल्लेख गरे ।

 ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ, हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ’, ओलीले भने ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ३३ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण