जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट « Khabarhub

जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफ्याएर खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्स सुरुवातमै संकटमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जकनपुरले १५ ओभरमा पुग्दा ५ ब्याटर गुमाएको छ ।

जनकपुरका ओपनर लाहिरू मिलन्था २ ओभरको पाँचौ बलमा आउट भए । १४ बल खर्चेर २ चौकाको सहयोगमा लाहिरुले १२ रन मात्रै जोडे ।

लाहिरुले सुदूरपश्चिचमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाएका हुन् ।

अर्का ओपनर आशिफ शेखलाई पनि सैफ जाइबले सस्तैमा समेटे । १० बलमा ११ रन जोडेका उनले दुई चौका प्रहार गरे ।

शुभ कंशाकारले २४ बलमा २६ रन जोडे । उनी ८ ओभरको अन्तिम बलमा रन आउट भएका हुन् ।

जनकपुरका सइफ जाइब पनि तीन बलमा खाता नै नखोली पवेलियन फर्किएका छन् ।  त्यसैगरी अरनिको यादव पनि २० बलमा ११ रन बनाएर आउट भए ।

जनकपुर अहिले १५ ओभरमा ५ विकेट गुमाएर ९७ रनको संकटपूर्ण अवस्थामा छ । क्रिजमा जेम्स निसम १७ रनसहित छन् । उनलाई साथ दिन मोसिन आएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ५० बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी