जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट « Khabarhub

जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफ्याएर खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्स सुरुवातमै संकटमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जकनपुरले १५ ओभरमा पुग्दा ५ ब्याटर गुमाएको छ ।

जनकपुरका ओपनर लाहिरू मिलन्था २ ओभरको पाँचौ बलमा आउट भए । १४ बल खर्चेर २ चौकाको सहयोगमा लाहिरुले १२ रन मात्रै जोडे ।

लाहिरुले सुदूरपश्चिचमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाएका हुन् ।

अर्का ओपनर आशिफ शेखलाई पनि सैफ जाइबले सस्तैमा समेटे । १० बलमा ११ रन जोडेका उनले दुई चौका प्रहार गरे ।

शुभ कंशाकारले २४ बलमा २६ रन जोडे । उनी ८ ओभरको अन्तिम बलमा रन आउट भएका हुन् ।

जनकपुरका सइफ जाइब पनि तीन बलमा खाता नै नखोली पवेलियन फर्किएका छन् ।  त्यसैगरी अरनिको यादव पनि २० बलमा ११ रन बनाएर आउट भए ।

जनकपुर अहिले १५ ओभरमा ५ विकेट गुमाएर ९७ रनको संकटपूर्ण अवस्थामा छ । क्रिजमा जेम्स निसम १७ रनसहित छन् । उनलाई साथ दिन मोसिन आएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ५० बजे

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च