राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान « Khabarhub

राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मान्म – राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रूपमा विकास भएका कालिकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् ।

कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थलका रूपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।

कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालिकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका नरहरिनाथ गाउँपालिका–१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् ।

विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालिकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गर्नुभएका कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए।

‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो’, उनले भने, ‘अहिले गाउँगाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।’

सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रूपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताए।

‘निकै चलहपहल भइरहने बजार अहिले सुनसान छ’ उनले भने, ‘विगतका व्यापारिक केन्द्रका व्यापारी अहिले कुनै गाउँमा नै जानुभयो, कोही व्यापारी अहिले खाली बस्नु भएको छ ।’

कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग निर्माणसँगै बनेका ठाउँ बजार भएका तथा कर्णाली नदी र तिला नदीको बाढीपहिरोको उच्च जोखिममा रहेकाले व्यापारीले जोखिम मोल्न नचाहेका कारण पनि बजार बन्द हुन पुगेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए।

कर्णाली नदी र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले कारणले यी बजारलाई अयन्त्र सर्न पुगेका अध्यक्ष विष्टले बताए ।

‘विसं २०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो’ उनले भने, ‘पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन् ।’

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ३३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको