पर्साका दुई न्यायाधीशलाई वर्षोत्कृष्ठ सम्मान « Khabarhub

पर्साका दुई न्यायाधीशलाई वर्षोत्कृष्ठ सम्मान


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यायपरिषदले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ न्यायाधीशको सम्मान वीरगञ्ज उच्च अदालतकी न्यायाधीश निर्मला शाक्य र पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालले प्राप्त गरेका छन् ।

न्यायपरिषद स्थापनाको ३४ वर्ष पुगेको उपलक्ष्यमा बुधबार रामशाहपथमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायाधीशद्वय शाक्य र खनाललाई दोसल्ला ओढाएर नगद पुरस्कारहित सम्मान गरे ।

अदालतमा यस वर्ष उत्कृष्ठ कार्यसम्पादन गरेका आधारमा उनीहरुलाई सम्मान गरिएको परिषदले जनाएको छ ।

सम्मानित हुने न्यायाधीश शाक्य जनकपुर उच्च अदालत अन्तगत वीरगञ्ज अस्थायी इजलासमा कार्यरत छिन् । न्यायाधीश खनाल जिल्ला अदालत पर्सामा कार्यरत छन् ।

न्यायपरिषदको सदस्यसमेत रहेका कानूनमन्त्री अजयकुमार चौरसिया पनि पर्साकै सांसद हुन् । यस वर्षको उत्कृष्ठ न्यायाधीशहरुको सूचीमा पनि पर्साकै न्यायाधीशहरु परेका छन् ।

तर, कानूनमन्त्री चौरसियाले यो संयोग मात्र भएको बताए । उनले भने, ‘मलाई यस विषयमा थाहै थिएन, न्यायपरिषदको बैठकमा सचिवज्यूले प्रस्ताव पढ्दा मात्रै मलाई थाहा भयो । म पनि पर्साकै, सम्मानित हुने न्यायाधीशज्यूहरु पनि पर्साकै । बैठकमा एकछिन हाँसो पनि भयो ।’

न्यायपरिषद सदस्यसमेत रहेकी सर्वोच्च अदालतकी बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले दुबै न्यायाधीशलाई पारदर्शी ढंगबाट सम्मान गर्ने निर्णय भएको बताइन् ।

उत्कृष्ठ न्यायाधीश छनोटका आधारबारे स्पष्ट पार्दै न्यायाधीश मल्लले भनिन्, ‘हामीले उहाँहरुबाट भएका फैसालको संख्या मात्र हेरेका छैनौं, त्यसको क्वालिटी पनि हेर्‍यौं । न्यायाधीशको आचरण र लैंगिक सन्तुलन पनि हेर्‍यौं ।’

न्यायाधीश मल्लले लैंगिक सन्तुलनसमेत हेरेर उत्कृष्ठ न्यायाधीश छनोट गरेको बताइरहँदा क्षेत्रीय सन्तुलन भने नहेरिएको कार्यक्रममा सहभागीले अनौपचारिक टिप्पणी गरेको सुनिन्थ्यो । तथापि मन्त्री चौरसियाले आफ्नै गृहजिल्लाका न्यायाधीश छनोटमा पर्नु संयोग मात्रै भएको स्पष्टीकरण दिएका थिए ।

न्यायपरिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राउतले पुरस्कार र सम्मान सापेक्षित हुने बताए । उनले भने, ‘सबै न्यायाधीशहरु उत्कृष्ठ नै हुनुहुन्छ, निष्ठावान् रही काम गरेको आधारमा तत्कालीन समयको सापेक्षतामा यसलाई हेर्नुपर्छ ।’

न्यायपरिषदका पदाधिकारीका अनुसार सम्मानित हुने दुबै न्यायाधीशको आचरण र कार्यक्षमताका सम्बन्धमा अहिलेसम्म कुनै पनि उजुरीहरु नपरेको र निष्ठापूर्वक कार्यसम्पादन गरेको हुनाले यस वर्षको उत्कृष्ठ न्यायाधीशको सूचीमा शाक्य र खनाललाई छानिएको हो ।

यो पनि- 
न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ५४ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००