आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड « Khabarhub

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक समस्याको न्यायोचित सम्बोधन गर्न आग्रह गरेको हो ।

‘आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा आयोग आग्रह गर्दछ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आप्रवासी श्रमिकको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।’

आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी श्रमिकहरुको योगदान भएपनि आप्रवासन व्यवस्थापनमा श्रमिकका परिवारले अनुभूत गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ ।

 ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

 आयोगले आप्रवासी नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरूका राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग द्विपक्षीय सम्झौता गरी उजुरी प्रेषण गर्दै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ३८ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली