पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालय, सेवा प्रवाह सुरु | Khabarhub Khabarhub

पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालय, सेवा प्रवाह सुरु


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामपुर – रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।

गृहमन्त्री रमेश लेखकले भवनको उद्घाटन गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए।

नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ । उद्योगधन्दा, व्यवसाय सञ्चालनलगायत अनुमति प्रदान पनि नयाँ भवनबाट हुनेछ ।  सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट प्राप्त भएपछि स्थानीय हर्षित छन् ।

रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ वडा तथा रामपुर, निस्दी र पूर्वखोलाका १७ वडाका बासिन्दा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ५१ बजे

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई

प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं– नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

नारायणगढ– चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये