मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का « Khabarhub

मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताएका छन् । उनले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुकमा अस्थिरता हुँदा लगानीको वातावरणसमेत विग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै सरकार पूरा अवधि रहने स्पष्ट पारे ।

बुटवलमा आजदेखि सुरू भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको बताए । उनले व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको जानकारी गराए । बङ्गलादेशमा विद्युत् निर्यात गर्ने कार्य सुरू गर्नुका साथै भारतमा समेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कमी गरिएको जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन सङ्घीय सरकारसँगै प्रदेश सरकार पनि लागिपरेको बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ती समस्या समाधानका लागि पालिकाबाट हुनसक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समीकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिए पनि अहिलेसम्म त्यस्ता वातावरण बन्न नसकेकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति