सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि « Khabarhub

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा–१४ स्थित सहिद स्मृति विद्यालयले जितेको छ ।

यही मङ्सिर २९ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताको आज फाइनल खेलमा स्टेपवाई स्टेप माविलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो ।

उपाधि विजेता सहिद स्कुलले नगद रू एक लाखका साथमा रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता बन्न सफल स्टेपवाईले नगद रू ५० हजार पुरस्कार प्राप्त गर्यो ।

यसअघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चक खेलमा दुवै विद्यालयले समान २–२ गोल गरेका थिए । सहिद स्कुलका लागि सरून सुनार र केशबहादुर रोका मगरले गोल गरे । स्टेपवाईका निराजन मगर र कुञ्ज पौडेलले गोल गरेका थिए ।

निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवैतर्फबाट थप गोल हुन सकेन ।

पेनाल्टी सुटआउटमा स्टेपवाई स्टेपले दुई गोल ग(यो भने सहिद स्कुलले चारवटै प्रहारमा गोल गर्दै उपाधि चुम्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सहिद स्कुलका गोलरक्षक केशबहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद रू १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरूङ, उपकुलपति प्रा डा देवकोटा, विश्वविद्यालयका, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा २३ विद्यालयका टिम सहभागी थिए । गण्डकी विश्वविद्यालयले स्नातक तहमा देशमै पहिलोपटक ‘स्पोर्टस् म्यानेजमेन्ट’ विषय अध्यापन गराउँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : १० बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,